पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम « Khabarhub

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो पटक अद्यावधिक गरिएअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमध्ये महिला मतदाताको सङ्ख्या ६२ हजार ८६५, पुरुष मतदाताको सङ्ख्या ६२ हजार ६०० रहेको छभने अन्य एक जना रहेका छन् ।

यहाँ २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल मतदाता सङ्ख्या एक लाख २२ हजार ६४९ रहेका थिए । अघिल्लो निर्वाचनभन्दा आगामी निर्वाचनमा दुई हजार ८१७ जना बढी भएका हुन् । 

कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार ९४९ र फलेवासमा २४ हजार १६१ मतदाता कायम भएका छन् । त्यसैगरी, जलजला गाउँपालिकामा १६ हजार ७५०, पैंयूमा ११ हजार ६६७, महाशिलामा आठ हजार ४७९, मोदीमा २० हजार ३०१ र विहादी गाउँपालिकामा ११ हजार १५९ मतदाता कायम भएका छन् । 

आगामी निर्वाचनका लागि जिल्लामा ७६ मतदातस्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र शर्माले जानकारी दिए । 

आगामी निर्वाचनका लागि पर्वतमा दुईवटा मतदानस्थल थप गरिएको छ । मोदी गाउँपालिकाको वडा नं ६ तिलाहारको गिज्यानमा रहेको तुलोदय मावि र जलजला गाउँपालिका वडा नं ८ फर्सेको शिव माविमा गरी दुई मतदानस्थल थप गरिएको होभने तीन मतदान केन्द्र पनि थप गरिएको छ । 

कार्यालयका अनुसार अब अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ७४ मतदानस्थलमा १४८ मतदान केन्द्र रहेका थिए भने अब ७६ मतदानस्थलमा १५१ मतदान केन्द्र रहने भएको सूचना अधिकारी शर्माले बताए । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगको निर्देशनानुसार निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको सूचना अधिकारी शर्माले जानकारी दिए । उनले अहिले निर्वाचन सामग्री रुजु गर्ने र अपुग भएका सामान खरिद गर्ने तयारी भइरहेको जानकारी दिए । आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको र अन्य कार्यालयका नियमित काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ११ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ