यस्तो देश, जहाँ कुकुर नडुलाए ३ लाख जरिवाना तिर्नुपर्छ | Khabarhub Khabarhub

यस्तो देश, जहाँ कुकुर नडुलाए ३ लाख जरिवाना तिर्नुपर्छ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसहरुको घरमा जिवजन्तु पाल्ने शोख हुन्छ । अझ विश्मा त कुकुर पाल्ने त फेसनजस्तै बनेको छ । गाउँघरतिर कुकुरलाई स्वतन्त्र छाडिए पनि शहरमा भने बाँधेर राख्ने गरिन्छ ।

कुकुरको नियमित स्याहार तथा स्वास्थ्य परीक्षण समेत गराइन्छ । शहरका केही मानिसहरु कुकुरलाई बिहान साँझ डुलाउन समेत लैजान्छन् ।

कतिपयले भने कुकुरलाई सधै बाँधेर राख्ने गरेका हुन्छन् । जागीरे तथा व्यवसायमा आबद्ध व्यक्तिलाई कार्य व्यस्ताताले कुकुर घुमाउने फुर्सद पनि हुँदैन । कुकुर नडुलाउँदैमा नेपालमा कुनै कानून लाग्दैन ।

तर विश्वमा यस्तो देश पनि छ, जहाँ घरपालुवा कुकुरलाई दैनिक नडुलाए ठुलो धनराशीको जरिवाना हुने गर्दछ ।

अष्ट्रेलियाको क्यानबेरामा घरमा पालेको कुकरको स्याहार गरेर मात्र पुग्दैन । कुकुर पाल्नेहरुलाई अर्काे अनौठो कानून लाग्ने भएको छ ।

अष्ट्रेलियाको कानुनअनुसार घरमा पालेको कुकुरलाई दैनिक एकपटक डुलाउन लैजानुपर्छ । यदि दैनिक कुकुरलाई एक पटक पनि डुलाउन नलगेमा ४ हजार अस्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने नियम छ । यो भनेको झण्डै  ३ लाख १० हजार नेपाली रकम बराबर हो ।

क्यानबेरा सरकारले भर्खरै लागु गरेको जनावर कल्याण कानूनलाई संसोधन गरी कुकुर पाल्ने मालिकहरुका लागि कठोर नियम लागू गरेको हो । यदि कसैले कुकुरको उचित स्याहार तथा खानपानको व्यवस्था गरेको छैन उसलाई तत्काल कारबाही तथा जरिवाना हुने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ५ : ११ बजे

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को

बजेट खर्चमा सबैभन्दा कमजोर बन्यो उद्योग मन्त्रालय

काठमाडौं– चालु आर्थिक वर्ष ०८१/८२ को बजेट कार्यान्वयनमा सबैभन्दा कमजोर

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा

पोखरा – चर्च ब्वाइज युनाइटेडले पोखरामा जारी २४औं आहारारा गोल्डकप

आफूले पढेको विद्यालयलाई खेल मैदान र स्टेज निर्माण

धनकुटा – सेवानिवृत्त बेलायती सेना विश्वासदीप तिगेलाले छथर जोरपाटी गाउँपालिका–१

अध्यादेशबारे देश र जनताको हितमा निर्णय लिन्छौं : जसपा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले