युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु « Khabarhub

युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले बताएका छन् ।

खार्किभको बाहिरी इलाकामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको तथा छ जना घाइते भएको गर्भनर सिनेगुबोभले टेलिग्राम मार्फत बताएका हुन् । 

युक्रेनको दोस्रो सहर खार्किभका मेयर इगोर टेरेखोभले लामो दूरीको रूसी ड्रोनले बालबालिकाको मेडिकल सुविधामा प्रहार गर्दा  आगलागी भएको तर कुनै हताहत नभएको बताए । 

रातभरको आक्रमणले दक्षिणी सहर ओडेसासहित अन्य क्षेत्रहरूमा पनि असर पारेको जनाइएको छ ।

आक्रमणमा आवासीय भवन, अस्पताल र एक किन्डरगार्टेन क्षतिग्रस्त हुनुका साथै कम्तिमा पाँच जना घाइते भएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताउनु भएको छ । मस्कोले पछिल्लो समयमा युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूद्वारा प्रहार गरेको जनाइएको छ ।

रूसले गत हप्ता युक्रेनमा ओरेसनिक ब्यालेस्टिक मिसाइल प्रहार गरेसँगै वासिङ्टन लगायत किएभका सहयोगीहरूबाट निन्दा खेपेको थियो । 

मस्कोले मिसाइलले लिभिभ क्षेत्रको उड्डयन मर्मत कारखानामा प्रहार गरेको जनाउदै  युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा आक्रमण गर्न गरेको प्रयासको प्रतिक्रियामा फायर गरिएको  उल्लेख गरिएको थियो यद्यपि किएभले आरोपको अस्वीकार गरेको छ । 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ५६ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा