युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु « Khabarhub

युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले बताएका छन् ।

खार्किभको बाहिरी इलाकामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको तथा छ जना घाइते भएको गर्भनर सिनेगुबोभले टेलिग्राम मार्फत बताएका हुन् । 

युक्रेनको दोस्रो सहर खार्किभका मेयर इगोर टेरेखोभले लामो दूरीको रूसी ड्रोनले बालबालिकाको मेडिकल सुविधामा प्रहार गर्दा  आगलागी भएको तर कुनै हताहत नभएको बताए । 

रातभरको आक्रमणले दक्षिणी सहर ओडेसासहित अन्य क्षेत्रहरूमा पनि असर पारेको जनाइएको छ ।

आक्रमणमा आवासीय भवन, अस्पताल र एक किन्डरगार्टेन क्षतिग्रस्त हुनुका साथै कम्तिमा पाँच जना घाइते भएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताउनु भएको छ । मस्कोले पछिल्लो समयमा युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूद्वारा प्रहार गरेको जनाइएको छ ।

रूसले गत हप्ता युक्रेनमा ओरेसनिक ब्यालेस्टिक मिसाइल प्रहार गरेसँगै वासिङ्टन लगायत किएभका सहयोगीहरूबाट निन्दा खेपेको थियो । 

मस्कोले मिसाइलले लिभिभ क्षेत्रको उड्डयन मर्मत कारखानामा प्रहार गरेको जनाउदै  युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा आक्रमण गर्न गरेको प्रयासको प्रतिक्रियामा फायर गरिएको  उल्लेख गरिएको थियो यद्यपि किएभले आरोपको अस्वीकार गरेको छ । 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ५६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता