मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना बन्ने | Khabarhub Khabarhub

मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना बन्ने


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको छ ।

मादी नदीमा ताल निर्माण गरेर अन्य पूर्वाधार बनाउने र समग्र यस क्षेत्रकै पर्यटन विकास गर्ने उद्देश्यसहित नगरपालिकाले बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माण गर्न लागेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले मादी नदीलाई व्यवस्थित गरी यहाँका स्थानीयवासीको आर्थिक जीवनस्तर उकास्न परियोजनालाई अगाडि बढाउन खोजिएको बताए । “परियोजनाले व्यासको जन्मभूमि दमौलीको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास लिएका छौँ”, नगरप्रमुख न्यौपानेले भने ।

काठमाडौँबाट १५० र पोखराबाट ५० किमी दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि अध्ययन गर्न नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा रु ४० लाख बजेट छुट्याएको छ ।

गुरुयोजना निर्माण गर्ने सन्दर्भमा अर्थक्वेक सेफ्टी सोलुसन्सले यस क्षेत्रको प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनबाट मादीको पानी र प्राकृतिक स्रोतलाई व्यवस्थित गर्न सके आयआर्जनको स्रोत बन्न सक्ने सम्भावना देखिएको सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार दमौलीदेखि शिशाघाटसम्मको १८ किमी दूरीमा बगेको मादी नदीलाई व्यवस्थित गर्न सकिए प्रशस्त जग्गा व्यवस्थापन हुने र उक्त जग्गामा भौतिक पूर्वाधार निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।

“मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने देखिन्छ,” महर्जनले भने, “परियोजनाले वातावरणीय, धार्मिक तथा सांस्कृतिक र पर्यटकीय विकासको सम्भावना छ ।”

सरकारले गत चैत महीनामा आयोजना गरेको लगानी सम्मेलनको क्रममा समेत यस परियोजना छनोट भएको थियो । परियोजनाका लागि कूल रु छ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ । नगरप्रमुख न्यौपानेका अनुसार परियोजनाअन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, पाँच सय क्षमताको सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, वाटरपार्क, मिनी गल्फकोर्सलगायतका संरचना निर्माण गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ६ : ०५ बजे

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई

म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र

म्याग्दी- म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको