अमर रहनेछन् प्रशान्त « Khabarhub

अमर रहनेछन् प्रशान्त


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट बिदा लिए । जन्मेपछि मृत्यु अकाट्य सत्य हो, प्रशान्तको हकमा त्यो सत्य छिटो निर्मम बन्यो । उनका दर्शक, स्रोत र समर्थककका लागि त्यो दुःखको कुरा हो ।

दर्शक अझै प्रशान्तको कर्णप्रिय स्वर समावेश गीतको प्रतीक्षामा थिए । दर्शकदीर्घमा बसेको आफूलाई हेर्दै मञ्चबाट प्रशान्सतले गीत गाएको क्षणको अब अनुभव गर्न कसैले पाउने छैन ।

प्रशान्तले आफ्नो ‘बलिउड डेब्यू’ दर्शकलाई अन्तिम उपहार छोडे । उनको अभिनय रहेने फिल्म ‘ब्याटल अफ गलवान’को डबिङमा रहँदा उनको हृदयघातले मृत्यु भयो । अब, डेब्यूमै उनी सम्झनाको पात्र रहनेछन् । फिल्म प्रदर्शनमा आउँदा उनको मृत्युको साढे दुई महिना कट्छ ।

०००

प्रशान्त नेपाली भाषी भारतीय हुन् । उनका बुवा भारतमै प्रहरीमा कार्यरत रहँदा दुर्घटनामा परेर ज्यान गुमाएका थिए । यो बाध्यात्मक परिस्थितिले घरको आर्थिक भार सम्हाल्न उनी प्रहरीमा भर्ती भए ।

प्रशान्तले एक अन्तर्वार्तामा भनेका थिए, ‘बुवा बितेका कारण म उहाँको स्थानमा नोकरी पाउने भए । १८ वर्षको उमेरमै मैले जागिर खाएको हुँ ।’

प्रहरी टोलीमा गीत गाएर आफूलाई निखार्दै, उनी इन्डियन आइडल ३ को विजेता बने । त्यहीबाट उनको व्यवसायिक गायन यात्राले गति लियो ।

०००

प्रशान्त नेपाली दर्शकसँग ‘इन्डियन आइडल ३’बाट भएको हो । नेपाली भाषी भएकै कारण उनी नेपालीसँग भवनात्मक साइनोमा जोडिएका थिए । त्यसैले नेपाली उनलाई आइडल बनाउने अभियानमा जोडिए । त्यो अभियान नेपालमा व्यापक बन्यो ।

प्रशान्तले पनि उक्त अभियान र नेपालीको भवनालाई सम्बोधन गर्न आइडल घोषित भएकै मञ्चबाट गाए:
‘गोर्खोलीको छोरो म गोर्खे मेरो नाउ,
आइलाग्ने लाग्ने शत्रुको म गर्छु काम तमाम’

उनको विजयीको खुसीयालीमा काठमाडौंका विभिन्न सडक र गल्लतीबाट र्‍याली निस्कियो । नेपालीलाई गर्व गर्ने एक बाहाना प्रशान्तले दिलाए ।

आइडल प्रत्यक्ष प्रशारण हेर्ने र सुन्नेहरु उनका फ्यानहरु त्यो दिनको स्मणर गर्दा ‘आङ जिरिङ्ग’ पार्छन् । एक साधारण नेपालीका लागि पनि यो ऐतिसाहिक सांगीतिक क्षण हो ।

उनी आइडल बनेको घटनालाई ‘नेपाली भाषी एकजुट एकीकृत बनाउने एक घटना’का रुपमा लिइन्छ । किनकि– नेपाली भाषी सबै उनको जीतको कामना थिए ।

यसो भन्दा पनि हुन्छ– उनको गायनले सिमाना छिचल्यो । राष्ट्रियता भुल्न बाध्य बनाएर दर्शकलाई दर्शकमै सीमि राख्यो ।

नेपाली फिल्म

प्रशान्तले गायक क्षमतालाई इन्डियन आइडल जस्तो चुनौतीपूर्ण मानिने मञ्चबाट सर्वश्रेष्ठ श्रेणीमा उभ्याए । सधै मुस्कान छोडिररहने र सालिन स्वभावले अझ उनी दर्शक झन् प्रिय बने ।

प्रशान्तको ख्याति भारतमा भन्दा पनि नेपाली संगीत र फिल्म क्षेत्रमा नै रहेको छ । तथापि, उनको डेब्यू एल्बम हिन्दी भाषाको ‘धन्यवाद’ हो ।

उनले सन् २०१० बाट ‘गोर्खा पल्टन’बाट नेपाली फिल्मबाट डेब्यू गरे । जसको शीर्ष गीत ‘गोर्खा पल्टन’ दर्शकमाझ निकै लोकप्रिय छ ।

यो गीत उनको दोस्रो परिचय हो । ‘प्रशान्तलाई चिन्दिनँ’ भन्नेलाई ‘गोर्खा पल्टन’को गायक उनै हुन्’ भन्यो भने नचिन्ने थोरै मात्र हुन्छन्। ।

उनले नेपाली फिल्महरु ‘अंगालो यो मायाको’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’ र ‘परदेशी २’ मा अनिय गरेका छन् ।

यी गीतले बनाउने छ अमर

भौतिक शरीर विलय भए पनि कलाकार अमर रहन्छ । उसलाई आफ्ना सिर्जना र कृतिले जीवन्त बनाएर राख्छ ।

प्राइम समयमा दर्शकलाई ‘मुखमा झुण्डिने’ गीत दिएकाले उनी मृत्य प्रयन्त पनि जीवन्त रहने पक्का छ ।

‘जउला रेलैमा सरर’ त उनको दोस्रो परिचय बनेको गीत भइ नै हाल्यो ।

उनको ‘नमस्ते’ एल्मबमा समावेश गीत ‘रातको रानी’ पनि निकै लोकप्रिय छ ।

उनका हिट गीत ‘मन साइली’, ‘बिछोडको करौती’ र ‘कुरा खाट्टी’ लगायत छन् । यी नै गीतले प्रशान्त दर्शकबाट टाढा बन्न सक्दैनन् । अर्को कुरा– यी गीत मात्रै होइन्, दर्शकको एक कालखण्डको सुन्दर स्मरण पनि हो ।

उनको स्वरमा ‘असारे महिनामा पानी पर्‍यो रुझाउने’ गीतको रिमेक पनि बेनेको छ । जेन वाई र जेनजी पुस्तासँग यो गीतसँग मिठो स्मरण छ ।

उनको मृत्युपछि युट्युबमा उनका गीतका नियमित दर्शकले कमेन्ट गरेका छन् । ‘केहीले श्रद्धाञ्जली दिन गीत सुनेको’ भन्ने कमेन्ट छाडेका छन् ।

‘असारे महिनामा’ गीत सुनेर चादनी थापा लेख्छिन्, ‘यो गीत सुनेर झन् रुन मन लाग्यो ।’

आरती बूढाथोकी यस गीतसँगको बाल्यकालको सम्झना गर्दै लेख्छिन्, ‘हामी सानो छदाँ धरै बज्ने गीत । जसले यति मिठो गीत दिनुभयो आज उहाँले नै संसार छोडेर जानुभयो भन्दा विश्वास गर्न गाह्रो परेको छ ।’

प्रशान्त दर्शकसामु फैलाउने गीत ‘गोर्खा पल्टन’मा उनको मृत्युपछि सयौं कमेन्ट आएका छन् । धेरैले श्रद्धाञ्जली दिएका छन् । केहीले प्रशान्तले नै पढ्ने जसरी भावुक सन्देश छोडेका छन् ।

राजेन्द्र श्रेष्ठ ‘मृत्यु भगवानको खेल हो’ भन्ने बुझाइका साथ प्रशान्तको अल्पआयुम प्राण खोसेकोमा असहमति राख्दै लेख्छन्, ‘संसारमा जन्म दिएर, ईश्वर वैंशमा नमार ।’

त्यही बुझाइका साथ रमेश मल्ल लेख्छन्, ‘यति हँसिलो मुहार कसरी खोसिस् नि दैव हामीबाट ।’

दिनेश रोकाया भावुक हुँदै लेख्छन्, ‘फर्केर आउन मिल्दैन र दाजु ।’


बिन्दू खड्कालाई निधनको कुराले नै गायक प्रशान्तको अनुपस्थिति महसुस भइसक्यो । उनी उक्त गीतको कमेन्टमा लेख्निछन्, ‘अब यस्तो गीत फेरि कहाँ सुन्न पाइएला ? सम्झना छ लिजेन्ड ।’

यी उनका गीतमा आएका केही कमेन्ट मात्रै हुन् ।

यसरी उनको मृत्युबाट दुखित बनेका दर्शकले उनको स्वर रहेको गीत सम्झिएका छन् । केहीले गीतको कमेन्ट बक्समै श्रद्धाञ्जली दिएका छन् ।

उनी ‘मुखमा झुण्डिने गरी’ चित्त बुझ्दो गीत दिए बिदा भए । अबका दिनमा उनका गीत बज्नु, गुनगुनाउनु, ती गीत बजेको सुन्दा दर्शक नोस्टाल्जिक हुनु र नयाँ दर्शक ती गीतमा आकर्षित हुन् भनेको प्रशान्त अमर रहनु हो । उनी अमर रहने पनि छन् ।
अलबिदा प्रशान्त तामाङ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : ४१ बजे

एकीकृत परिवार योजना शिविर : महिलालाईभन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा– पछिल्ला वर्षहरूमा धनुषास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई

बद्री पाण्डे भन्छन् : सहमतिको बिन्दु भेटिन्छ, शीर्ष तहबाट कुरा टुङ्गिनेमा विश्वस्त छौँ

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद शीर्ष तहका नेताहरू बसेर टुङ्ग्याउने

मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

कमलामाई– सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै