अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ « Khabarhub

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिक पक्राउ परेका छन् ।

गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई आज काठमाडौँ महानगरापालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको हो ।

उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ । कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका चिनियाँ नागरिकमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

यसैबीच, ब्यूरोको टोलीले जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजारलाई काठमाडौँको तारकेश्वरबाट आज पक्राउ गरेको छ । कारागारबाट फरार रही काठमाडौँ उपत्यकामा लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । मिजारलाई कारागार कार्यालय जगन्नाथदेवल पेस गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : १६ बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको