भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि « Khabarhub

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’को मंगलबार साँझ न्यूरोडको एक हलमा प्रिमियर भएको छ ।

प्रिमियर स्थलमा सौगात राष्ट्रिय पोसाक दौरा सुरुवाल र श्रृष्टि नेवारी पहिरनमा पुगेकी थिइन् । उनीहरुको पहिरन आकषर्णको विषय बनेको थियो ।

प्रिमियरमा पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेतलगायतका स्टार अनुहारको पनि उपस्थिति थियो ।

प्रिमियरपछि सिसनले एक फरक खालको फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘नयाँ विषयवस्तुमा बनेको छ । यो फिल्म म सबैलाई हेर्न सिफारिस गर्छु ।’

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र श्रृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।

‘भाइरल गोर्खे’को निर्देशन निगम श्रेष्ठले गरेका हुन् । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता हुन् ।

थप तस्बिरहरु :

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ३८ बजे

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।