काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख मानिसलाई मोबाइल एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । सेढाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका सेढाईंले एकैपटक ५० लाखभन्दा बढी मान्छेलाई राजावादी आन्दोलनमा आउन भन्दै म्यासेज गरेका थिए । उनले राजसंस्था पुनर्स्थापनाका लागि सडकमा आउन भनेका थिए ।
‘भौगोलिक जटिलताबाट नेपाललाई बचाउँदै फेरि सांस्कृतिक सांस्कृतिक संवैधानिक अधिराज्यको लागि’ भन्दै पुस ३० गते बालुवाटार आउन उनले आह्वान गरेका थिए ।
नेपाल टेलिकमको गेट-वे प्रयोग गरी एटी अलर्टको नाममा म्यासेज गरेका थिए । करिब एक करोड खर्चेर ती म्यासेज पठाएको खुलेको छ ।
व्यापारीसमेत रहेका उनले पठाएको म्यासेजबारे चौतर्फी प्रश्न उठेपछि प्रहरले अनुसन्धान गरेर नियन्त्रणमा लिएको हो ।













प्रतिक्रिया