राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई « Khabarhub

राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्‍यो निर्देश सेढाईंलाई


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी प्रदर्शनमा सहभागी हुन भन्दै एकै पटक ५० लाख मानिसलाई मोबाइल एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । सेढाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका सेढाईंले एकैपटक ५० लाखभन्दा बढी मान्छेलाई राजावादी आन्दोलनमा आउन भन्दै म्यासेज गरेका थिए । उनले राजसंस्था पुनर्स्थापनाका लागि सडकमा आउन भनेका थिए ।

‘भौगोलिक जटिलताबाट नेपाललाई बचाउँदै फेरि सांस्कृतिक सांस्कृतिक संवैधानिक अधिराज्यको लागि’ भन्दै पुस ३० गते बालुवाटार आउन उनले आह्वान गरेका थिए ।

नेपाल टेलिकमको गेट-वे प्रयोग गरी एटी अलर्टको नाममा म्यासेज गरेका थिए । करिब एक करोड खर्चेर ती म्यासेज पठाएको खुलेको छ ।

व्यापारीसमेत रहेका उनले पठाएको म्यासेजबारे चौतर्फी प्रश्न उठेपछि प्रहरले अनुसन्धान गरेर नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : १२ बजे

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको