आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा « Khabarhub

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा आएका छन् ।

माघे संक्रान्ति र आगामी साताको सोनाम ल्होछारको सार्वजनिक बिदा उपभोग गर्न तीन फिल्महरुले बक्स अफिस प्रतिस्पर्धा गरेका हुन् ।

यम शेर्पाको लेखन निर्देशन रहेको फिल्म ‘मिरमिरे’मा नायक दयाहाङ राई, नायिका सिर्जना निङ्लेखु र प्रकाश सपुत शीर्ष भूमिकामा छन् ।

यसअघि दयाहाङ शीर्ष भूमिकामा रहेका चार फिल्महरु ‘महाभोज’, ‘रिमै’, ‘परिष्ठ बलराम’ र ‘जारी २’ व्यापारिक रुपमा फ्लप बनेका थिए । त्यस्तै, प्रकाश सपुतका फिल्महरु लगातार फ्लप छन् ।

फिल्म ‘गोबर गणेश’का लेखक, निर्माता, निर्देशक र नायक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ हुन् । यो उनको डेब्यू फिल्म हो । यसको नायिका वर्षा सिवाकोटी हुन् ।

त्यस्तै, ‘भाइरल गोर्खे’का नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ हुन् । लेखक र निर्देशक निगम श्रेष्ठ हुन् । यसअघि यो जोडीले चार फिल्महरु ‘पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’, ‘राधा’ र ‘द रेड सुटकेस’मा शीर्ष भूमिकामा सहकार्य गरेको छ ।

यी चारै फिल्म व्यापारिकरुपमा फ्लप छन् । ‘भाइरल गोर्खे’ यो जोडीले शीर्ष भूमिकामा रहेको पाचौं फिल्म हो ।

तीन फिल्मको बक्स अफिस भिडन्त भए पनि सबैको बुकिङ न्यून छ । यो तीनका लागि सुखद संकेत होइन ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ०३ बजे

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।