लक्ष्मी पूजामा गर्नै नहुने यी १८ काम « Khabarhub

लक्ष्मी पूजामा गर्नै नहुने यी १८ काम


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज घरघरमा लक्ष्मीपूजा गरिँदैछ । लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।

लक्ष्मी पूजाको दिन केही विशेष कुरामा ध्यान पुर्‍याउनु भने पर्छ । अन्यथा घर आएकी लक्ष्मीसमेत फर्किने जनविश्वास छ ।

नगर्नुस् यस्ता काम:

१. लक्ष्मीपूजाको दिन बिहान सबेरै उठ्नुहोस् । छिटो उठेर सरसफाइ सहित पूजापाठ गर्नुहोस् ।

२. लक्ष्मीपूजाको दिन नङ काट्नु हुँदैन । साथै दाह्री वा कपाल पनि काट्नु हुँदैन ।

३. पूजा गर्ने स्थलमा क्रमशः बायाँबाट दायाँतर्फ भगवान गणेश, लक्ष्मी, विष्णु, सरस्वती र कालीको मूर्ति राख्नुपर्दछ । त्यसपछि लक्ष्मण, राम र सीताको मुर्ति राखेर पूजा गर्नुपर्छ ।

४. लक्ष्मीपूजाको दिन उपहार दिन जाँदा छालाको वस्तु धारण गर्नु हुँदैन । साथै उपहारमा मिठाइ समेत थपेर दिनुहोस् ।

५. लक्ष्मी पूजा गर्दा तालि बजाउनु हुदैन, साथै ठुलो आवाजमा आरती समेत गाउनु हुदैन ।

६. लक्ष्मीपूजाको दिन झुट बोल्नु हुँदैन, तथा घरमा फोहोर राख्नु हुदैन । दया र दानको भावना राख्नुपर्दछ ।

७. देवी लक्ष्मीको पूजा गर्दा भगवान विष्णु साथमा नराखी उपासना गर्नुहुँदैन । यसलाई अपूरो मानिन्छ ।

८. लक्ष्मीपूजाको दिन पूजा कोठा सफा र हरेक सामग्री मिलाएर राखिएको हुनुपर्छ ।

९. लक्ष्मीपूजाको रातभरि अनिवार्य दियो बालेर राख्नुपर्दछ ।

१०. घरका सबै सदस्यले उत्तरतर्फ मुख फर्काएर उत्तरपूर्व दिशामा पूजा गर्नुपर्छ ।

११. पूजा गर्दा मात्र घिउमा दियो बाल्नुहोस्, दियो ११, २१ वा ५१ को संख्यामा हुनुपर्दछ ।

१२. आराधना गर्ने गणेशको मूर्तिको बसेको हुनुहुँदैन साथै सुँड दायाँतर्फ फर्केको हुनु हुँदैन ।

१३. लक्ष्मीपूजा गर्दा सकेसम्म रातो रंग भएका वस्तुको मात्र प्रयोग गर्नुपर्छ । अर्थात दियो, मैनबत्ति, फूल लगायतका वस्तु रातो हुनुपर्छ ।

१४. लक्ष्मीपूजा गर्दा शुरुमा गणेशको पूजा गर्नुपर्छ । कुनै पनि पूजामा गणेशको आराधना पहिले गर्नुपर्छ ।

१५. देवी लक्ष्मीलाई शान्तिप्रिय मानिन्छ, तसर्थ परिवारका सदस्यबीच सो दिन झगडा हुनुहुँदैन ।

१६. लक्ष्मीपूजामा घरका सबै सदस्यले एकैसाथ मिलेर लक्ष्मीको आराधना गर्नुपर्छ ।

१७. लक्ष्मीपूजाको दिन माछामासु, मदिरा तथा धूम्रपानको सेवन गर्नुहुँदैन ।

१८. लक्ष्मी पूजाको दिन सकेसम्म सात्विक तथा शाकाहारी भोजन गर्नुपर्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ६ : ११ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग