शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति « Khabarhub

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गरेका छन्  । 

बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उनले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।

‘हामीले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनचाहना पूरा हुनुपर्छ  । यो हामीले बिर्सन हुन्न’, राष्ट्रपतिले भने । 

जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट  भ्रष्टाचार, ढिलासुस्ती, विकृतिको अन्त्य गरी विकासको गतिलाई तीव्रता दिनु आजको आवश्यकता भएको बताउँदै राष्ट्रपतिले परिवर्तित सन्दर्भमा नवपुस्ता र जनचाहनाअनुसार मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय निर्वाचन हो भने। 

राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचनको महायज्ञलाई सफल पार्न आग्रह गरे । 

‘शिक्षा र रोजगारीका लागि युवा विदेश पलायन हुने समस्याले आज हामी सबैलाई चिन्तित तुल्याएको छ’, उनले भने, ‘शिक्षामा लगानी बढाएर शिक्षा र रोजगारीको लागि बिदेसिने चिन्ताजनक अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नवीन आयामहरूको विकासमा जोड दिनु  हामी सबैको दायित्व हो ।’

राष्ट्रपति पौडेलले बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीप र संस्कार सिकाउनुपर्नेमा जोड दिए । 

राष्ट्रको भविष्य र राष्ट्र निर्माणको आधारशिला नै शिक्षा भएको र  यसलाई सरकारले सधैँ प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै राष्ट्रपतिले भने, ‘देश विकासको लागि कृषिलाई आधुनिकीकरण, व्यावसापयकीकरण र औद्योगिकीकरण गर्ने शिक्षा नै अहिलेको आवश्यकता हो । नवप्रवर्तन, अनुसन्धान र व्यावसायिक क्रियाकलापमार्फत शिक्षालाई उद्यमशीलतासँग जोड्दै जीवनोपयोगी बनाउनुपर्छ ।’ रासस

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ३ : २५ बजे

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ

संसद्‍मा रास्वपा सांसद अधिकारीको प्रश्न : उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फि कसरी तिर्छन् ? 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल

प्रतिनिधिसभा : हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

काठमाडौं– सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान

श्रम संस्कृतिको अडान- प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल विरोध निरन्तर

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा