जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित « Khabarhub

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित बेलायती दूतावासका एक कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका छन् । यस कदमले रुस र बेलायतबीच पहिल्यै तनावग्रस्त सम्बन्धलाई थप चिस्याएको छ ।

रुसको सङ्घीय सुरक्षा सेवा एफएसबीले दूतावासका ती कर्मचारीमाथि बेलायती गुप्तचर सेवाका लागि काम गरेको आरोप लगाएको छ । तर एफएसबीले आरोप पुष्टि गर्ने कुनै ठोस प्रमाण सार्वजनिक गरेको छैन ।

रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त कूटनीतिज्ञको मान्यता रद्द गरिएको र उनले अब दुई हप्ताभित्र देश छोड्नुपर्ने जनाएको छ । यस निर्णयबारे जानकारी दिन मन्त्रालयले रुसमा बेलायतका चार्ज डी’एफेयर्स डाने ढोलकियालाई मस्कोस्थित मुख्यालयमा बोलाएको थियो ।

विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, “रुसमा अघोषित बेलायती गुप्तचर अधिकारीहरूको गतिविधिलाई मस्कोले कदापि सहन सक्तैन ।” साथै, यस विषयमा लन्डनबाट गरिने कुनै पनि कारबाहीको उपयुक्त जवाफ दिने चेतावनी पनि दिइएको छ ।

यस घटनाप्रति बेलायती सरकारबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । सन् २०२२ को फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि रुस र नाटो सदस्य राष्ट्रहरूबीचको सम्बन्ध शीतयुद्धपछिकै सबैभन्दा तल्लो तहमा पुगेको छ ।

त्यसयता दुवै पक्षले कूटनीतिज्ञहरूको आपसी निष्कासनका थुप्रै चरणहरू पार गरिसकेका छन् । यसअघि पनि मस्कोले सन् २०२५ को मार्च महिनामा जासुसीको आरोप लगाउँदै मस्कोमा कार्यरत दुई जना बेलायती कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । 

त्यसबेला बेलायतले ती आरोपहरूलाई ‘दुर्भावनापूर्ण र पूर्ण रूपमा आधारहीन’ भन्दै कडा आपत्ति जनाएको थियो ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ३ : ४५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय