यसकारण लठ्ठ पार्छ मदिराले | Khabarhub Khabarhub

यसकारण लठ्ठ पार्छ मदिराले


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्ल्ड एक्सेप्टेड सोसल ड्रिंक्सका रूपमा मदिरालाई लिइन्छ । यसको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधि पनि गर्न थाल्छन् ।

कतिपय मानिस यसको सेवनले जीवनलाई नै धरापमा पारिरहेका हुन्छन् । किनकि, यसको अत्यधिक सेवनले कलेजो फेल हुने समस्या हुन्छ । विशेषगरी नशाका रूपमा यसको सेवन गरिन्छ ।

मदिरामा अल्कोहलको मात्रा हुन्छ । यस्तो मात्रा मदिराको ब्रान्डअनुसार फरक–फरक हुन्छ । यही अल्कोहलले नै हो मानिसलाई एक्साइटमेन्ट, उग्र, आलस्य बनाउने ।

खासमा मदिरामा मिथाइल अल्कोहल हुन्छ । मदिरामा हुने भनेकै यति एउटा तत्व हो । आमाशयमा पुगेपछि यस्तो अल्कोहल तत्कालै रगतमा मिसिन पुग्छ र नसालाई असर पार्छ ।

यसैका माध्यमबाट दिमागसम्म पुग्छ । खासगरी दिमागको पछिल्लो पाटोमा यसको असर पुग्छ । र, मानिसलाई लठ्याउने गर्छ ।

मदिरा सेवनपछि मानिस खुसी हुने, स्मरणशक्ति कमजोर हुने र उत्साहित हुने गर्छन् । त्यस्तै, यसको मात्रा मस्तिष्कमा पुगेपछि शरीरको ब्यालेन्स नै बिग्रन थाल्छ । यसले निद्रा लाग्ने पनि हुन्छ । तर, बढी प्रयोगले बिस्तारै कलेजो फुल्न जान्छ र ड्यामेज नै हुन्छ ।

मदिराले विशेषगरी पेट र मस्तिष्कको समस्या निम्त्याउँछ । रक्सीले ग्यास्ट्रिकसँगै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पानी आउने, कालो दिसा आउने, बान्ता हुनेजस्ता समस्या देखिन्छ ।

मदिराले मस्तिष्कमा पनि उस्तै समस्या सिर्जना गर्छ । मदिराका कारण छारेरोग, बेहोस, निद्रा नपर्ने, डर लाग्ने, हात काम्ने, तलतल लाग्नेजस्ता समस्या हुन्छ । यसले स्मरणशक्ति कमजोर हुनुका साथै आत्मविश्वासमा पनि कमी ल्याउँछ ।

त्यस्तै, मदिराले उच्च रक्तचाप, हातखुट्टा झमझमाउने, डिप्रेसन, एग्रेसन, नसासम्बन्धी समस्या उत्पन्न गर्छ । रक्सी सेवन गरिरहने बानीले एक दिन मात्र पनि नपिउँदा निकै छटपटी हुन्छ । मदिरा नपिएको रात निद्रा नै नपर्नेसम्म हुन्छ । नियमित मदिरा सेवनले डर लाग्ने, ढुकढुकी बढ्ने, रिस उठिरहने, दिक्क लाग्नेजस्ता समस्या पनि हुन्छ । त्यसैले मदिराको एडिक्सन भएमा तत्काल चिकित्सकलाई भेटी छुटाउने प्रयास गर्नुपर्छ ।

अत्यधिक मदिरा सेवन गर्दा हस्पिटलमै भर्ना गर्नुपर्ने हुन सक्छ । यस्तो लत तत्काल छुटाउन गाह्रो हुने भएकाले चक्कीका माध्यमबाट यसलाई बिस्तारै छुटाउन सकिन्छ ।

मदिराले एन्जाइटी, पागलपनजस्ता मानसिक समस्या पनि निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ५२ बजे

किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी

अर्घाखाँची– जिल्लाको मालारानीमा किसानहरूले व्यावसायिक रूपमा आधुनिक प्रविधिबाट कृषि र

शिक्षकले सडकमा प्रदर्शन गर्दा सर्वसाधारणलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– देशभरका शिक्षकहरू १७ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासङ्घको

भारतीय नागरिक हराएपछि सुर्खेतमा खोजी

सुर्खेत– एक भारतीय नागरिक नेपालमा हराएकी छन् । भारतको राजिस्थान

बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो ढालियो

काठमाडौं– भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले

ट्रम्प व्यापारिक युद्धमोर्चामा, डब्लूटीओ मृत्युशैयामा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले सारा विश्वविरुद्ध एक्लै युद्ध