बालेनका सहयोगी राजुनाथले दिए राजीनामा « Khabarhub

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।

मेयर बालेन्द्र साहको सहयोगीका रुपमा महानगरमा सक्रिय उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

उनले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने गरी राजीनामा दिएका हुन् ।

पाण्डेले काठमाडौं क्षेत्र नम्बर ४ बाट उठ्ने बताउँदै आएका छन् । जहाँबाट नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले लगातार जित्दै आएका छन् ।

बालेन्द्र झापा क्षेत्र नम्बर ५ बाट उठ्न लागेको चर्चाबीच पाण्डेले पद छाडेका हुन्। बालेन्द्रले पनि शनिबार या आइतबारसम्ममा मेयर पद त्याग्ने तयारी गरेका छन् ।

बालेन्द्र अहिले रास्वपाको वरिष्ठ नेता छन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्री भन्दै चुनावमा उठाउने तयारी गरेको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ५३ बजे

श्रम संस्कृतिको अडान- प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल विरोध निरन्तर

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा

विषय संवेदनशील नलागे सभामुखले सांसदलाई समय नदिन सक्ने

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा

सभामुखलाई नीलो स्कार्प सम्झाउँदै निश्कलले भने- सदनको गरिमा बढाउने काम तपाईंको हो

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सदनको गरिमा राख्ने काम

एक महिनादेखि मन्त्री कुर्दै गृह मन्त्रालय (तस्बिरहरू)

काठमाडौं– गृह मन्त्रालय जस्तो संवेदनशील र अत्यन्त महत्त्वपूर्ण मन्त्रालय एक

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

दाङ– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत