बालेनका सहयोगी राजुनाथले दिए राजीनामा « Khabarhub

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।

मेयर बालेन्द्र साहको सहयोगीका रुपमा महानगरमा सक्रिय उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

उनले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने गरी राजीनामा दिएका हुन् ।

पाण्डेले काठमाडौं क्षेत्र नम्बर ४ बाट उठ्ने बताउँदै आएका छन् । जहाँबाट नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले लगातार जित्दै आएका छन् ।

बालेन्द्र झापा क्षेत्र नम्बर ५ बाट उठ्न लागेको चर्चाबीच पाण्डेले पद छाडेका हुन्। बालेन्द्रले पनि शनिबार या आइतबारसम्ममा मेयर पद त्याग्ने तयारी गरेका छन् ।

बालेन्द्र अहिले रास्वपाको वरिष्ठ नेता छन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्री भन्दै चुनावमा उठाउने तयारी गरेको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ५३ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण