महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि महोत्तरीमा आज चार निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

जलेश्वर निर्वाचन क्षेत्र नं ३ मा पर्दछ । जलेश्वरको वडा नं २ मा अवस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय बर्दिबास नगरपालिका–३ स्थित बर्दिबास उद्योग वाणिज्य सङ्घमा स्थापना गरिएको छ । 

त्यस्तै, निर्वाचन क्षेत्र नं ३ का लागि जिल्लाको बलवा नगरपालिका–७ स्थित आधारभूत अस्पतालको कार्यालय बनौटामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन क्षेत्र नं ४ का लागि जिल्लाको रामगोपालपुर नगरपालिका–५ मा अवस्थित श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी झाले बताइन् ।

जिल्लाको निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित चारवटै सुरक्षा निकायसहित सञ्चारकर्मीको उपस्थिति थियो । आसन्न निर्वाचनका लागि जिल्लामा २५८ मतदानस्थल, ५३६ मतदान केन्द्र र चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् । रासस

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ५२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको