गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने विश्वप्रकाशको घोषणा « Khabarhub

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने विश्वप्रकाशको घोषणा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएसँगै कांग्रेसले नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवात गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले अब बदलिएको कांग्रेस सबैलाई साथमा लिएर अघि बढ्ने स्पष्ट पारे।

शर्माका अनुसार विशेष महाधिवेशनले पारित गरेका प्रस्ताव कार्यान्वयन गर्दै अब कांग्रेसले मुलुकलाई स्थिरता दिने लक्ष्य लिएको छ। विगत तीन दशकभन्दा बढी समय देश राजनीतिक अस्थिरतामा अल्झिएको उल्लेख गर्दै उनले अब पाँच वर्ष टिक्ने प्रधानमन्त्री बनाउने संकल्प कांग्रेसको मुख्य एजेण्डा हुने बताए। यसका लागि ‘फुल टर्म प्राइम मिनिस्टर एक्ट’ र दुई कार्यकालपछि प्रधानमन्त्री बन्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनको भनाइ थियो।

आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने पनि शर्माले घोषणा गरे। उनले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावमा जाने स्पष्ट संकेत दिएका छन्। पार्टीभित्र र आम कार्यकर्ताको भावना गगन थापालाई नेतृत्वमा देख्ने रहेको भन्दै यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिने दाबी गरे।

शर्माले जेनजी आन्दोलनका क्रममा युवाको रगत बगेको घटनालाई स्मरण गर्दै अब भविष्यमा कसैको पनि रगत नबग्ने वातावरण बनाउनुपर्ने बताए। बलियो सुशासनमार्फत हिंसाको राजनीति अन्त्य गर्ने कांग्रेसको प्रतिबद्धता रहेको उनको भनाइ छ।

निर्वाचन आयोगको निर्णयपछि देशका विभिन्न स्थानमा कांग्रेस कार्यकर्ताले दीपावली मनाइरहेको उल्लेख गर्दै शर्माले यसलाई कसैको हार–जीत नभई पार्टीको पुनर्जागरण र एकताको उत्सवका रूपमा लिन आग्रह गरे। उनले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने र देशव्यापी चुनावी अभियानको नेतृत्व सम्हाल्ने घोषणा पनि गरेका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ३१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त