काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंकेटमा बस्नेछ । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा सर्वसम्मत चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले हिजो (शुक्रबार) आधिकारिकता दिएपछि आज पहिलो बैठक बस्न लागेको हो ।













प्रतिक्रिया