छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता « Khabarhub

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको छ महिनामा ४७५ वटा उद्योगमा ३९ अर्ब, चालु आवको पहिलो तीन महिनामा ३११ वटा उद्योगमा रु ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । 

चालु आवमा सात वटा ठूला, आठ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको तथा  गत पुसमा  ३६ वटा साना उद्योगमा पाँच अर्ब ९९ करोड ५० लाख बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ । 

प्रत्यक्ष वैदेशिक लगानीको हालसम्मको कुल प्रतिबद्धता भने सात हजार ७१३ वटा उद्योगमा छ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख बराबर रहेको छि ।

बितेका छ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि एक अर्ब सात करोड ८४ लाख ८६ हजार छ ।

रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा रु २१ अर्ब ८८ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार, उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा दुई अर्ब तीन करोड २३ लाख, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार, खनिज क्षेत्रको एउटा उद्योगमा चार करोड ५० लाख र सेवामूलक क्षेत्रका ३१ उद्योगमा तीन अर्ब ४६ करोड ६० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विवरणमा उल्लेख छ ।
 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ३ : १५ बजे

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण