१२ सत्ताईसको फष्टलुकमा हेल्मेट देवीदेखि मर्करीसम्म ! « Khabarhub

१२ सत्ताईसको फष्टलुकमा हेल्मेट देवीदेखि मर्करीसम्म !


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र ‘१२ सत्ताईस’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर शुभकामनासहित चलचित्र १२ सत्ताईस टिमले आइतबार फस्टलुक सार्वजनिक गरेको हो ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको फष्टलुक पोस्टरमा चलचित्रका मुख्य पात्रहरूलाई स्थान दिइएको छ । जोनले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्दै छन् ।

‘१२ सत्ताईस’ मा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, समरांत थापा, अभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

चलचित्रमा समसामयीक कथा वस्तुलाई समेटिएको चलचित्र निर्माण टिमको भनाइ छ । निर्देशक जोनले भने, ‘उत्कृष्ट चलचित्र बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन कथा र पात्र बलियो भए चलचित्र राम्रो बन्छ र ‘१२ सत्ताईस’ले पनि दर्शकको मन जित्छ ।’

ह्यप्पी प्लानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको सहकार्यमा निमार्ण भएको १२ सत्ताईस आउँदो मंसिर २७ गते प्रदर्शन हुने छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  २ : ४० बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन