माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो « Khabarhub

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को अकुपेन्सी कमजोर देखिएपछि ‘बिगुल’को प्रदर्शन स्थगित भएको छ ।

माघ ९ गते प्रदर्शन मिति तोकिएको ‘बिगुल’को प्रदर्शन अन्तिम समयमा आएर रोकिएको हो ।

निर्देशक रमेश कोइरालाले प्रदर्शन रोकिने निर्णयको पछाडि विशेष प्राविधिक कारण देखाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विशेष प्राविधिक कारणले हालका लागि प्रदर्शन अस्थायी रुपमा स्थागित गरिएको जानकारी गराइन्छ ।’

कोइरालाले फिल्मको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रचार–प्रसारमा होमिइसकेको ‘ब‍िगुल’को प्रदर्शन रोकिनुको कारण हलमा रहेका फिल्महरुको कमजोर व्यापार रहेको बुझिएको छ ।

नेपाली कांग्रेसको फुट र विशेष अधिवेशको राजनीतिक घटना क्रमले अहिले फिल्महरुको प्रचार ओझेलमा परेका छन् । त्यसको असर फिल्मको व्यापारमा देखिएको छ ।

अहिले देशमा आगामी निर्वाचन केन्द्रित राजनीतिक गतिविधि बढेको छ । यसले फिल्मी गतिविधि छायाँमा परेको छ । यही कारण ‘बिगुल’को प्रदर्शन रोकिएको बुझिन्छ ।

‘बिगुल’ नायिका बनेशा हमाल शीर्ष भूमिकामा छिन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : ०३ बजे

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ

झापा पुगेका ओली बालेनबारे मौन, चुनावी सुरक्षाबारे उठाए प्रश्न

काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी