उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल « Khabarhub

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र उम्मेदवार छनोटको विषयमा छलफल भएको छ ।

गएराति काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा भएको बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता देवराज चालिसे र नेता मधु आचार्य, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र नेता डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल सहभागी थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिएसँगै टिकट वितरणको विषयलाई लिएर तीनवटै समूहका नेताहरूबीच छलफल भएको हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको मनोनयन रहेको छ ।

मनोनयनका लागि अब एक दिनमात्र बाँकी रहेकाले आन्तरिक कलहलाई थाती राखेर नेताहरु प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयनका लागि जुटेका हुन् । बैठक आज पनि बस्ने बताइएको छ ।

तीन समूह मिलेर सम्भावित उम्मेदवारको नामावली संकलन पछि संसदीय बोर्डले नामहरुको टुंगो लगाउने छ । कांग्रेसले उम्मेदवार छनोट गर्न सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरिसकेको छ ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौंमा भएको पार्टीको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि कांग्रेसको विवाद उत्कर्षमा छ । 

थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अधिकारिकता दिएपछि देउवा समूह उक्त निर्णय बदरको माग गर्दै आइतबार सर्वोच्च अदालत गएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ३५ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट