हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू) « Khabarhub

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी) नदीमा जलयात्रा अर्थात् राफ्टिङका लागि आन्तरिक पर्यटकको चाप बढ्नेगर्छ । 

गर्मी छल्न र नदीसँग रमाउँदै बिदा मनाउन उपत्यकावासीका लागि सुकुटे प्रमुख गन्तव्य मानिन्छ। प्रायः फागुनको मध्यदेखि असार–साउनको मध्यसम्म यहाँ राफ्टिङ हुने गर्दछ ।

तर यस वर्ष माघ महिनाको कठ्याङ्ग्रिने चिसोमा पनि भोटेकोसी नदीमा साहसिक राफ्टिङ देखिएको छ । सामान्यतया सुनसान रहने हिउँदको मौसममा समेत साहसको खोजीमा नदीमा पौँठेजोरी खेलिरहेका दृश्यहरू कैद भएका छन् ।

भोटेकोसीको छालले डुंगामाथि हान्दा उछिट्टिएको चिसो पानी अनुहारमा पर्दा शरीर सिहरिन्छ, तर सहभागीहरूको आँखामा डरभन्दा ठूलो उत्साह देखिन्छ । हिउँदमा नदीको बहाव कम भए पनि पानी अत्यन्त चिसो हुने भएकाले यो समय राफ्टिङ अझ चुनौतीपूर्ण मानिन्छ ।

राफ्टिङ स्टारका सञ्चालक दीपक कुमार राईका अनुसार अनुभवी गाइडको निर्देशन, पर्याप्त सुरक्षा उपकरण र टोलीगत समन्वय बिना यस्तो साहस सम्भव हुँदैन । ‘चिसो मौसम र उग्र नदीसँग जुध्न आत्मविश्वास र अनुशासन अत्यावश्यक हुन्छ,’ उनले भने ।

चिसो मौसम, उग्र नदी र मानवीय जिद्दीताको संगमले हिउँदको राफ्टिङलाई फरक कथामा रूपान्तरण गरेको छ, जहाँ साहसले मौसमलाई जित्ने प्रयास गर्दछ । 

हिउँदको भोटेकोसीमा राफ्टिङ दृश्य मात्र होइन, अनुभूति पनि हो चिसो पानी, तेज बहाव र आत्मविश्वासले साहसिक पर्यटनको अर्को पाटो उजागर गरेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : २२ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ