निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’ « Khabarhub

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । 

निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।

 ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उहाँले सुनाउनुभयो । कामको चापअनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ । 
 
‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुन्न भनी प्रश्न गरेका थिए ।  ‘कल सेन्टर’ का अधिकारीहरूले यसअघि नै तय भइसकेको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने जवाफ दिएका थिए ।

बिहान ९ देखि ६ बजेसम्म ‘कल सेन्टर’ सञ्चालन हुने आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा आजदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : ३५ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट