काठमाडौं- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि झापा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको शान्ति सुरक्षाबारे प्रश्न उठाएका छन्।
झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले अझै पनि शान्ति सुरक्षा चित्त बुझ्दो नभएको गुनासो गरे ।
ओलीले निर्वाचनको शान्ति सुरक्षाका विषयमा सरकारमाथि प्रश्न उठाएका छन्। चुनावी सुरक्षा चित्त बुझ्दो नरहेको बताएका उनले अन्य विषयमा कुनै प्रतिक्रिया दिएनन् ।
आफूलाई चुनौती दिन आउन लागेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साहबारे उनले मौनता साँधेका छन् । उनले साहबारे मौनता साँधेर विमानस्थलबाट दमकतिर लागेका छन्।













प्रतिक्रिया