हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण « Khabarhub

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति ‘विभक्त आकाश’ लोकार्पण गरिएको छ। यो संस्मरण संग्रह ‘किरात सांस्कृतिक मेला’मा आयोजित भव्य समारोहमा सार्वजनिक गरिएको हो।

समारोहमा किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्र राईको अध्यक्षता रहेको थियो भने नेपाली आदिवासी जनजाति महासङ्घका महासचिव रविन लिङ्गदेन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। हङकङ साहित्यिक साझा शृङ्खलाका सल्लाहकार रमण गुरुङले विशेष अतिथि र प्रमुख वक्ताका रूपमा कार्यक्रमलाई समृद्ध बनाएका थिए।

कार्यक्रमको अवसरमा लेखक राईलाई नयाँ कृतिका लागि किरायाले ताम्रापत्रसहित सम्मान गरेको थियो। लेखक राईले आफ्नो पुस्तकको कभर आर्टिस्ट रमन गुरुङलाई पनि सम्मान गरेका छन्।

‘विभक्त आकाश’ २२१ पेजको पुस्तकमा साढे दुई दर्जन संस्मरण समावेश छन्। यसअघि राईले ‘आकाश खोज्दै जाँदा’, ‘समुद्रमाथिको सहर’, ‘मनोबिम्ब’, ‘नसकिने बाटो’, ‘मनका नदीहरू’ र ‘किरात राई यायोक्खा हङकङ : विगतदेखि वर्तमानसम्म’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : ३८ बजे

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि