माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर « Khabarhub

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। अन्सारीले पार्टीको जनकपुर सभा सम्बोधन गर्दै अबको निकास नयाँ पुस्ताको राजनीतिक अभ्यासमा रहेको बताए।

उनले मधेसबाट राष्ट्रिय स्वतन्त्र पार्टीले क्रान्तिको बिगुल फुक्ने भन्दै यस पटक मधेसले फरक देखाउने दाबी गरे। 

केही समयअघि मधेस प्रदेशसभामा कालोमोसो दलेर पुराना दलले काम नगरेको बताइसकेका अन्सारी माओवादी केन्द्रको माधव नेपालसँगको एकीकरणमा असन्तुष्ट रहेको पनि सार्वजनिक गरेका थिए।

पूर्व सांसद अन्सारी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने सम्भावना राखेका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ३८ बजे

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’

काठमाडौँ– कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन सार्वजनिक गरिएको छ

चितवनमा मह उत्पादनमा कमी

चितवन– जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ ।

विश्वकप : मेसी र रोनाल्डोका लागि अन्तिम अवसर

काठमाडौँ – फिफा विश्वकप २०२६ मा देखिने अधिकांश उत्कृष्ट खेलाडी

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन