किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण « Khabarhub

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको सुप्तुलुङखिम (चुलाघर) मा ‘किरात सांस्कृतिक मेला’ सम्पन्न भएको छ ।

उक्त मेला येलेदुङ ५०८६, माघे संक्रान्ति २०८२, २८औँ किराया स्थापना दिवस, २१औँ चुला स्थापना दिवस र १०औँ सुप्तुलुङखिम दिवसको अवसरमा आयोजना गरिएको हो ।

किरात जन्य गरगहना तथा भेषभुषाहरूसमेत प्रदर्शन गरिएको सो बृहत् मेलामा किरातजन्य पौराणिक खानपानका परिकारहरू निःशुल्क वितरण गरिएको थियो ।

सो अवसरमा वरिष्ठ साहित्यकार नरजित राईको सातौँ कृति ‘विभक्त आकाश’ (संस्मरण संग्रह) लोकार्पण गरिनुका साथै विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका किरात राई विद्यार्थीहरू र किरायालाई योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा हङकङकी सगरमाथा आरोही अन्जला राई र साहित्यकार उत्र शेर राईलाई पनि सम्मान गरिएको थियो ।

किराया अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा आदिवासी नेपाली जनजाति महासङ्घका महासचिव रबिन लिङ्गदेन प्रमुख अतिथि,किरायाका कुविमी नारायण प्रसाद साम्पाङ, मइत्र कुमार वान्तवा, किराया संस्थापक सचिव रामली थुलुङ, संरक्षक हेजेन राई, रजिन राई ,हरिचन्द्र राई सल्लाहकार माया (चन्द्रका)राई, किरात राई, नेपाल फाइनान्सका प्रमुख धिराज कुमार साम्पाङ, किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशी मदन राई, किरात राई प्रमुख नेतृत्व रहेका संस्थाहरूसाथै विभिन्न जातीय संस्था तथा किराया सम्बद्ध भाषिक संस्थाहरूको आतिथ्यता रहेको थियो । 

यसकासाथै पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रममा हङकङ साहित्यिक साझा शृङ्खलाका सल्लाहकार रमण गुरुङ विशेष अतिथि तथा प्रमुख वक्ता रहेका थिए ।

किरायाका सचिव शिवकुमार राईको सञ्चालनमा भएको औपचारिक कार्यक्रममा उपाध्यक्ष गंगाराम राईले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : १३ बजे

जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनको छानबिन गर्न

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?

बेरुत – इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को