गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला « Khabarhub

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति गरेको छ।

माघ २ गते बसेको मन्त्रीपरिषदको बैठकले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौलालाई नियुक्त गर्ने निर्णय गरेको छ। डा. बसौला यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक थिए। 

यस नियुक्तिसँगै गण्डकी प्रदेश सचिव रहेका डा. विश्वबन्धु बंगालेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्थानान्तरण गरिएको छ।

त्यसैगरी, बैठकले मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. रामआधार यादवलाई नियुक्त गरेको छ। डा. यादव यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत थिए। मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा रहेका ओमप्रसाद अर्याललाई पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ।

यस निर्णयसँगै प्रदेशस्तरमा स्वास्थ्य प्रशासनमा नयाँ संरचना र जिम्मेवारीहरू कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : १६ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार