बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल « Khabarhub

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बागलुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल भएको छ । दुवै दलका केन्द्रीय तहका प्रतिनिधिबीच भएको छलफलपछि संयुक्त रूपमा निर्वाचनमा अघि बढ्ने औपचारिक सहमति भएको हो ।

सहमति अनुसार बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्नेछ । सो क्षेत्रमा जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर- २ मा भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई राष्ट्रिय जनमोर्चाले साथ दिने निर्णय गरिएको छ । उक्त क्षेत्रमा नेकपाले ज्ञामनाथ गैह्रेलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

दुवै दलले भएको सहमतिलाई इमानदारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका गणेशमान पुन र राष्ट्रिय जनमोर्चाका तर्फबाट केन्द्रीय सचिव घनश्याम न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यो तालमेलसँगै बागलुङको राजनीतिक तथा चुनावी समीकरणमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ९ : ५७ बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

एजेन्सी– म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि

नेपाल चिकित्सकहरूको सम्मेलन सुरु

चितवन– नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स