अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा  « Khabarhub

अक्षय कुमारको सुरक्षा गाडी दुर्घटनामा 


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका सुपरस्टार अक्षय कुमारको कार दुर्घटनाले सामाजिक सञ्जालमा तनावमा माहोल बढाएको छ। हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा अक्षयको सुरक्षा गाडी दुर्घटनामा परेको देखाइए पनि पछि पुष्टि भयो कि उनी त्यस गाडीमा थिएनन्। यसले उनका प्रशंसकहरूलाई राहत दिलाएको छ।

सोमबार साँझ जुहूस्थित अक्षय कुमारको घर नजिकै दुर्घटना भएको थियो।  भिडियोमा गाडी सडकमा पल्टिएको अवस्थामा देखिएको छ भने पछाडि क्षतिग्रस्त अटो रिक्सा पनि देखिन्थ्यो । भारतीय मिडिया अनुसार , गाडीमा रहेका सबै व्यक्ति सुरक्षित र कसैलाई केही नभएको जानकारी दिएका छन् । दुर्घटनाको समयमा स्थानीयले तत्काल सहयोग पुर्‍याएका थिए भने मुम्बई प्रहरी तथा दमकल विभागले फसेका मानिसहरूलाई सुरक्षित बाहिर निकाले। 

सन् २०२५ मा अक्षय कुमारका चलचित्रहरूले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् २०२६ मा पनि उनका नयाँ चलचित्रहरू प्रदर्शनका लागि तयार छन्। यस वर्ष उनकी बहुप्रतीक्षित फिल्म वेलकम टु जंगल प्रदर्शन हुने तयारीमा छ, जसमा उनीसँगै चर्चित कलाकारहरू देखिनेछन्। त्यसैगरी, उनका अर्को चलचित्र भूत बंगला पनि दर्शकको प्रतीक्षामा रहेको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ५९ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो