प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता भएको छ। राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए। जसमध्ये महिला उम्मेदवार ११ प्रतिशत अर्थात् ३३६ र पुरुष ८८ प्रतिशत अर्थात् दुई हजार ५८९ रहेका छन्।

विवरणअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीको निर्वाचन क्षेत्र नं २ र ३ मा सबैभन्दा बढी ३५÷३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी सबैभन्दा कम मुस्ताङमा आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको पनि आयोगको विवरणमा उल्लेख छ।

अब निर्वाचन कार्यक्रमअनुसारका बाँकी काम क्रमशः हुनेछन्। मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने तालिका छ।

यसपटकको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्भने मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : ५५ बजे

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि