जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल « Khabarhub

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनमा जनताले विनाश होइन निर्माण चाहने शक्तिलाई मत दिने बताएका छन्।

दाङको घोराहीमा पेशागत महासङ्घ नेपाल दाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सिंहदरबार जलाउने सोच र कार्यशैलीले देश बनाउन नसकिने स्पष्ट पारे। “ सिंहदरबार जलाउनेहरूले देश बनाउँदैनन्। जनताले अब त्यस्ता शक्तिलाई होइन देश बनाउनेहरूलाई मत दिन्छन् ”, उनले भने।

पोखरेलले विगतका केही आन्दोलन र राजनीतिक गतिविधिमा राष्ट्रिय प्रतीकमाथि भएको आक्रमणलाई राष्ट्रविरोधी कार्यको रूपमा व्याख्या गरे। सिंहदरबार नेपालको केन्द्रीय प्रशासनिक केन्द्र भएकाले त्यसप्रति आक्रमण अस्वीकार्य रहेको उनको भनाइ थियो।

उनले यो निर्वाचनलाई देश निर्माणको महत्वपूर्ण अवसरको रूपमा लिन आग्रह गरे। अब जनताले अस्थिरता , बारम्बार सरकार परिवर्तन र विनाशकारी राजनीतिलाई अस्वीकार गर्दै विकास , समृद्धि र स्थिरताको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरे।

दाङको विकासबारे बोल्दै महासचिव पोखरेलले सडक , शिक्षा , स्वास्थ्य , रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। घोराही र आसपासका क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी पेशागत महासङ्घका पदाधिकारी तथा सदस्यहरूले राजनीतिक स्थिरता बिना विकास सम्भव नहुने भन्दै उनको विचारलाई समर्थन गरे। उनीहरूले निर्वाचनमा सचेत र जिम्मेवार मतदान आवश्यक रहेको पनि बताए।

महासचिव पोखरेलले एमाले सधैँ जनताको हित , राष्ट्रिय एकता र देश निर्माणको पक्षमा उभिने पार्टी भएको उल्लेख गरे। विनाशकारी सोच र व्यवहारले देश अगाडि बढ्न नसक्ने कुरा उनले दोहोर्‍याए।

कार्यक्रमको अन्त्यमा उनले सबैलाई एकजुट भएर देश निर्माणको अभियानमा लाग्न आह्वान गरे।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ११ : २० बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य