प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी « Khabarhub

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ ।

नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए।

नेमकिपाले बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहेक १२ जिल्लामा उम्मेदवारी दिएको जानकारी दिँदै उनले १२ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा २० महिला र १२ पुरुषलाई उम्मेदवार बनाएको बताए । उक्त प्रदेशमा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई भक्तपुर क्षेत्र नं १ बाट उम्मेदवार बनाएको छ ।

कर्णाली प्रदेशमा सात जिल्लाको नौ निर्वाचन क्षेत्रमा एक महिलासहित नौ जनालाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए । कालिकोटमा नन्दबहादुर शाही, जुम्लामा बिर्खबहादुर राउत र दैलेखमा बखतबहादुर थापा, सुर्खेतमा तुलसी खड्कालाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी कोशी प्रदेशको १२ जिल्लामा आठ महिला र १३ पुरुष, मधेश प्रदेशका आठ जिल्लामा ६ महिला र १६ पुरुषलाई उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये सात जिल्लामा उम्मेदवारी दिएको नेमकिपाले आठ महिला र ६ पुरुषलाई उम्मेदवार बनाएको केन्द्रीय सदस्य गोसाईले बताए ।

गण्डकी प्रदेशमा ११ मध्ये पाँच जिल्लामा ६ महिला र दुई पुरुष तथा सुदूरपश्चिम प्रदेशमा बाजुराबाहेक आठ जिल्लामा पाँच महिला र नौ पुरुषलाई उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ११ : ५८ बजे

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले

आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

भद्रपुर– औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम