हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा « Khabarhub

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य स्टारर फिल्म ‘भुठान’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा सार्वजनिक भएको छ ।

फिल्मका निर्माता अवीरल थापाका अनुसार गत जनावरी ९ देखि प्राइमलले उत्तर अमेरिकी क्षेत्रका दर्शले मात्रै हेर्न मिल्ने गरी स्ट्रिमिङ गरेको छ। प्राइममा फिल्मको अंग्रेजी नाम अंग्रेजीमा ‘द वर्ल्ड ह्याप्पिएस्ट’ राखिएको छ ।

बिस्तारै यो फिल्म विश्वभरका दर्शकहरुले हेर्न पाउने गरी सार्वजनिक गरिने काम भइरहेको अर्का निर्माता राजेन्द्र ठकुरीले बताए ।

यो फिल्म नेपालमा गत वैशाखमा प्रदर्शनमा आएको थियो । हरिवंशको अभिनय र फिल्मले समीक्षात्मकरुपमा सकारात्मक प्रतिक्रिया पाएको थियो ।

फिल्ममा दयाहाङ राई, पुजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, बिमल सुबेदीलगायतको अभिनय रहेको छ । फिल्मको लेखक र निर्देशक बिनोद पौडेल हुन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : ३४ बजे

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय