काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई « Khabarhub

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमिल्सिनाले विकास र समृद्धिका लागि साझा संकल्प अघि सारेको बताएका छन् ।

यसअघि  काठमाडौं-४ कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएको क्षेत्र हो ।

उम्मेदवार तिमिल्सिनाले निर्वाचनको तयारीका क्रममा थापासँग भेटघाट गरी चुनावी रणनीतिबारे गहन छलफल भएको जानकारी दिएका छन्। उनले सभापति थापाको अनुभव र मार्गदर्शनले आफ्नो आगामी राजनीतिक यात्रालाई थप ऊर्जावान् बनाउने विश्वास व्यक्त गरेका छन्।

तिमिल्सिनाले काठमाडौं–४ लाई समावेशी विकास, सुशासन र दिगो समृद्धिको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै मतदाताको विश्वास जित्ने गरी अघि बढ्ने बताएका छन्।

उनले लेखेका छन्, ‘काठमाडौं क्षेत्र नं. ४ को विकास र समृद्धिको साझा संकल्प!

​आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति आदरणीय गगन कुमार थापा ज्यूसँग भेटघाट गरी यस क्षेत्रको चुनावी रणनीतिका बारेमा गहन छलफल गरियो। उहाँको अनुभव र मार्गदर्शनले आगामी यात्रालाई अझ ऊर्जावान् बनाउने विश्वास लिएको छु।’

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १ : ०८ बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य