सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन « Khabarhub

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । 

बुधबार महानगर प्रहरी बल कार्यालयमा सम्पूर्ण सकल दर्जाका नगर प्रहरीहरूलाई सार्वजनिक क्षेत्रभित्र धूम्रपान रोक्न अभियान केही कमजोर भएको जस्तो देखिएको भन्दै प्रभावकारी रुपमा सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । 

काठमाडौंको चारै क्षेत्रबाट महानगर प्रहरीले काम गरिरहेको भन्दै कुनै गुनासो आउने गरी कार्यसम्पादन गर्न उनले निर्देश दिए । प्रमुख जोशीले फुटपाथ र पार्किङमा बढी ध्यान दिनुपर्ने बताए । 

उनले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामको सुधार गर्दै महानगर प्रहरी बललाई अघि बढाउने धारणा राखे । यसअघिका प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएपछि जोशीले महानगर प्रहरी बलको नेतृत्व सम्हालेका हुन् । 

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ३ : ०५ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत