डा केसीका माग सम्बोधन गर्न आग्रह « Khabarhub

डा केसीका माग सम्बोधन गर्न आग्रह


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत् प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गर्नुभएको छ ।

सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाइ ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्रा डा केसीले १६ औँ अनशन शुरु गर्नभएको थियो । हाल सो विधेयक प्रतिनिधिसभाबाट पारित भैसकेको छ ।

प्रा डा केसीले अनशन शुरु भएको आज २२ दिन भएको छ । उहाँका उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर हुँदै गएको जनाएका छन् । पूर्वप्रन्या कार्कीले शिक्षण अस्पतालमा डा केसीलाई भेटगरेपछि सञ्चारकर्मीसित सङ्क्षिप्त प्रतिक्रिया दिँदै चिकित्सा शिक्षा सुधारका लागि प्रा डा केसीले उठान गर्नुभएको विषय वस्तुमा सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।

अर्का पूर्वप्रन्या कल्याण श्रेष्ठले मङ्गलवार डा केसीलाई भेट गर्नुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा केसीले उठान गर्नुभएका माग विधेयकमा सम्बोधन भैइसकेको बताउँदै आउनुभएको छ ।

अर्काेतर्फ प्रा डा केसीको जीवन रक्षा र उनले उठान गरेका मागमा ऐक्यबद्धता जनाउँर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन जारी राखेको छ । शिक्षण अस्पताल प्रशासनले अस्पताल हातभित्र अनशन, रिले अनशन तथा विरोधका कार्यक्रम नराख्न तथा नगर्न स्वास्थ्यकर्मीमा आग्रहसमेत गर्दै आएको छ ।

यसैबीच विभिन्न पेशागत सङ्घले अनशनरत् प्रा डा केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गरेका छन् । पेशागत सङ्घका तर्फबाट प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज एक विज्ञप्ति प्रकाशित गरी सो आग्रह गर्नुभएको हो ।

यसरी माग गर्ने पेशागत सङ्घमा नेपाल डेमोक्रेटिक प्राध्यापक सङ्घ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर नेपाल, नेपाल शिक्षक सङ्घ, नेपाल स्वास्थ्यकर्मी एशोसिएशन , डेमोक्रेटिक लयर्स एसोसिएसन पेशागत महासङ्घ, नेपाल सांस्कृतिक सङ्घ, त्रिविवि प्राध्यापक सङ्घलगायत रहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ६ : २६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी