कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी « Khabarhub

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको जनाएको छ । 

बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि कर्जालाई पहिलो प्राथमिकतामा दिएको भन्दै लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गरेको जानकारी दिए ।  

ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको भन्दै उनले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बैंकको कूल निक्षेप २० दशमलव ३१ प्रतिशतले वृद्धि भई दुई खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह आठ दशमलव ४० प्रतिशतले वृद्धि भई दुई खर्ब २४ अर्ब रुपैयाँ पुगेको गुरुङले जानकारी दिए । 

त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंकको कूल निक्षेप तीन खर्ब २४ अर्ब ९७ करोड रुपैयाँ र कूल कर्जा प्रवाह दुई खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । 

निष्क्रिय कर्जा कूल कर्जा लगानीको तुलनामा चार दशमलव ५२ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । 

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ४ : ३६ बजे

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका