नौ अंकले घट्यो शेयर बजार  « Khabarhub

नौ अंकले घट्यो शेयर बजार 


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले घटेर दुई हजार ७०५ दशमलव ३८ को बिन्दुमा कायम भएको छ ।

आज ३२४ कम्पनीको दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८९ हजार ७६६ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ दशमलव ९९ को कारोबार भएको नेप्सेले जनाएको छ ।

अन्य समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ५९, वित्त एक दशमलव ६७, होटल तथा पर्यटन एक दशमलव ८८ र जलविद्युत् समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । 

त्यस्तै लगानी शून्य दशमलव ६४, जीवन बिमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव २६, म्युचुअल फण्ड शून्य दशमलव ६५, निर्जीवन बिमा शून्य दशमलव ३० र व्यापार समूह एक दशमलव २१ प्रतिशतले घटेको छ ।

कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ८४ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले घटेको छ ।

 कारोबार रकमका आधारमा आज सबैभन्दा बढी आखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ३६ लाख ३६ हजार ४१३ बराबरको १८ लाख ८० हजार ४५४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ३ : २९ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत