‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ « Khabarhub

‘पुष्पा ३: द रैम्पेज’ मा अल्लू अर्जुन र सलमान खान एकसाथ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको ‘पुष्पा’ फ्रेन्चाइजीले दर्शकहरूको मन जित्दै आएको छ। पहिलो भाग ‘पुष्पा’ ले उत्साह जगाएपछि दोस्रो भाग ‘पुष्पा २: द रूल’ ले विश्वव्यापी रुपमा १७४२ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको थियो। अहिले फ्यानहरू ‘पुष्पा ३: द रैम्पेज’ को प्रतिक्षामा छन्।

भारतीय मिडियाका अनुसार बलिउडका सुपरस्टार सलमान खान ‘पुष्पा ३’ मा ‘सुल्तान’ नामक नयाँ पात्रको रूपमा प्रवेश गर्नेछन्। यस पात्रले फिल्ममा बिलेनियर मास्टरमाइंड र व्यापार टाइकूनको भूमिका निभाउने बताइएको छ। यस अपडेटले सामाजिक सञ्जालमा ठूलो चर्चा र उत्साह सिर्जना गरेको छ।

फिल्मको प्रोडक्शन हाउसले ‘पुष्पा ३’ लाई विस्तारित सिनेमाटिक युनिभर्सको रूपमा निर्माण गर्ने योजना बनाएको छ। यसका लागि नयाँ पात्र र कथाहरू पनि थपिनेछन्। तर, शूटिंग सुरु हुन अझ केही समय लाग्ने देखिन्छ, किनभने अल्लू अर्जुन र निर्देशक सुकुमार अन्य प्रोजेक्टहरूमा व्यस्त छन्। सुकुमारले राम चरणसँगको अर्को फिल्म पूरा गरेपछि मात्र ‘पुष्पा ३’ मा काम सुरु गर्ने योजना रहेको छ।

फिल्मको प्रदर्शन २०२८ मा हुने अपेक्षा गरिएको छ। फ्यानहरू अल्लू अर्जुन र सलमान खानलाई एकसाथ पर्दामा देख्ने मौका पाउनेमा उत्साहित छन्, र यसले पुष्पा फ्रेन्चाइजलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : ०९ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति