वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे « Khabarhub

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने बताएका छन् । 

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले फागुन २१ गतेको निर्वाचन र त्यसपछि हुने राजनीतिक गतिविधिका कारण आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्न नसकिने बताएका हुन् ।

२०८३ पौष मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्ने गरी तयारी गरिने उनले बताए । उनले विशेष महाधिवेशनपछि पार्टी एकजुट भएर निर्वाचनमा अघि बढेको दाबी गर्दै दूरगामी सोचका साथ घोषणापत्र जारी हुने उल्लेख गरे ।

त्यस्तै घिमिरेले आगामी संसदीय दलले सर्वसम्मत रुपमा सभापति गगन थापालाई संसदीय दलको नेता चुन्ने र  भावी प्रधानमन्त्री बन्ने दाबी गरे । 

महामन्त्री घिमिरेले राष्ट्रिय सभा निर्वाचनका लागि पहिले नै गठबन्धन भइसकेकाले त्यसले निरन्तरता पाउने बताए । 

उनले फागुन २१ गते हुन लागेको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने, तर निर्वाचनपछिको परिणामका आधार गठबन्धन हुन सक्ने जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ५ : ५९ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार