ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने « Khabarhub

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।

स्रोतले भनेको छ, ‘युरोपेली सहयोगीहरूले पनि आर्कटिक सुरक्षा बढाउनेछन्, तर अमेरिकी सार्वभौमिकताको अधीनमा ग्रीनल्याण्डमा अमेरिकी आधारहरू राख्ने बारेमा छलफल भएको छैन।’ 

‘सन् १९५१ को सम्झौतामा पुनः वार्ता हुनेछ,’ स्रोतले बताएको छ। 

सन् २००४ मा अद्यावधिक गरिएको रक्षा सम्झौताले डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूलाई पहिले नै सूचित गरी वासिङ्टनलाई आफ्नो सेना तैनाथ गर्न स्वतन्त्रता दिएको छ। 

ग्रिनल्याण्डको उत्तरपश्चिममा रहेको पिटुफिक अन्तरिक्ष अखडा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको महत्वपूर्ण कडी हो ।ट्रम्पले बुधबार डाभोसमा विश्व आर्थिक मञ्चमा रुटसँगको वार्तापछि सम्झौताको आधारभूत खाकाको घोषणा गरेका थिए ।

रुटले बिहीबार भने, ‘चिनियाँ र रुसले ग्रीनल्याण्डको अर्थतन्त्रमा वा सैन्य रूपमा पहुँच नपाऊन् भन्ने कुरा हामी सुनिश्चित गर्छौँ ।’

ट्रम्पको ग्रिनल्याण्ड लिने चेतावनीले ट्रान्सएटलान्टिक गठबन्धनलाई धक्का दिएको छ र नेटोलाई दशकौँको सबैभन्दा ठूलो संकटमा धकेलेको छ।

ट्रम्पले ग्रीनल्याण्डको चाहनालाई सही ठहराउन प्रयोग गरेपछि केही युरोपेली राष्ट्रहरूले नेटोलाई आर्कटिकमा सुरक्षा बढाउन दबाब दिएका छन्।
 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : ४६ बजे

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१