सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील « Khabarhub

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सर्लाहीमा १५८ मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रका रुपमा राखिएको छ । 

यहाँ रहेका चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थल तोकिएको थियो । त्यसमध्ये १३१ संवेदनशील र २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको हो । 

जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सबै मतदानस्थलको अनुगमनपछि तीन समूहमा वर्गीकरण गरिएको हो । निर्वाचन सुरक्षा रणनीति तयार गर्ने उद्देश्यसहित तयार पारिएको समूहअनुसार मतदानस्थलको सुरक्षा व्यवस्था सोहीअनुसार गरिने उनले बताए। 

अनुगमनका क्रममा यहाँको सामाजिक, राजनीतिक, भौगोलिक तथा सीमावर्ती क्षेत्रका जोखिमलाई मूल्यांकन गरिएको प्रजिअ रामुराज कडरियाको भनाइ छ । सुरक्षा समितिको सिफारिसमा यसपटक केही मतदानस्थल र केन्द्र हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए। आसन्न निर्वाचनमा सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना गरिने ६२८ मतदान केन्द्रमार्फत आफ्नो मत जाहेर गर्नेछन् । 

निर्वाचन कार्यालयका सर्लाहीका अनुसार क्षेत्र नं १, मा एक लाख ३० हजार ८७१ मतदाता रहेका छन् । यहाँ ७८ मतदानस्थल र १५७ मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नं २, मा एक लाख २५ हजार ३११ मतदाताका लागि ७७ स्थानमा १५८ मतदान केन्द्र तय भएको छ ।

 यस्तै क्षेत्र नं ३, मा एक लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ मतदान केन्द्र स्थापना गरिने भएको छ भने ४ नम्बर निर्वाचन क्षेत्रमा एक लाख २१ हजार १२ जना मतदाताका लागि ८१ मतदानस्थलमा १५४ वटा केन्द्र रहने जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए । 

आसन्न निर्वाचनमा सर्लाहीबाट दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ अन्यसहित पाँच लाख ११ हजार ६०६ जना मतदाताले मतदान गर्नेछन् । विसं २०७९ को निर्वाचनपछि सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका छन् । 
 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ३७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज