एकीकृत समाजवादीका भवानी खापुङ सिङ्गो टिमसहित एमालेमा प्रवेश « Khabarhub

एकीकृत समाजवादीका भवानी खापुङ सिङ्गो टिमसहित एमालेमा प्रवेश


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

ह्रथुम– पूर्वमन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सिङ्गो टिमसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौला नेतृत्वको टिमसहित निर्वाचनको मुखमा पुरानै पार्टी एमालेमा फर्किएका हुन् । तेह्रथुममा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा एमालेमा स्वागत गरिएको थियो।

यस सम्बन्धमा एकीकृत समाजवादी तेह्रथुमले जारी गरेको विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित र बलियो हुनुपर्ने आवश्यकता महसुस गर्दै एमालेमा समाहित हुने निर्णय गरिएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान २०७२ मार्फत संस्थागत उपलब्धीहरूलाई कमजोर बनाउने प्रयासले देशलाई अस्थिरतातर्फ धकेलिरहेको छ, जसले शान्ति, स्थिरता, विकास र समृद्धिमा अवरोध पुर्‍याइरहेको छ।’

वामपन्थी आन्दोलनमा देखिएको विग्रह र विभाजनले मुलुक थप कमजोर बन्दै गएको निष्कर्षसहित छलफल र विचार–विमर्शपछि नेकपा (एमाले) को नेतृत्वबाट मात्र संविधानको रक्षा, विकास र समृद्धि सम्भव हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ।

सोही निर्णयअनुसार संविधान सभा सदस्य तथा पूर्व मन्त्री भवानी खापुङको नेतृत्वमा केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका पार्टी संरचना, तेह्रथुम–काठमाडौँ सम्पर्क मञ्च तथा विभिन्न जनसंगठनमा आबद्ध नेता–कार्यकर्ताहरू एमालेमा समाहित भएका छन्।

विज्ञप्तिमार्फत आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तेह्रथुमका सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन जिल्लावासी नागरिकलाई अपीलसमेत गरिएको छ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : ०२ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष