मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल « Khabarhub

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरू मकवानपुरका गाउँगाउँमा मतमाग्न पुगेपछि त्यहाँ चुनावी चहलपहल पनि प्रारम्भ भएको छ । 
    
विभिन्न पार्टीका स्थानीय मात्र होइन केन्द्रीय तहका नेता घरदैलो गर्न थालेसँगै गाउँबस्ती गुलजार भएका छन् । आफ्ना आन्तरिक बैठक र  छलफलसँगै मतदाताका घरआँगनमा आफूहरू उम्मेदवारका साथ पुगेको नेपाली कांग्रेस हेटौँडा नगरसमितिका सभापति उत्सव इटेनीले बताए। 

नेपाली कम्युनिष्ट पार्टी मकवानपुरका नेता सर्केश घलान पनि  दलका नेता कार्यकर्ताका साथ उम्मेदवार गाउँगाउँ पुगेकाले निर्वाचनको वातावरण बनेको उनले बताए । 

मकवानपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । दुवै निर्वाचन क्षेत्रमा पुराना र नयाँ उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । 

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय, नेकपा एमालेका केन्द्रीय सदस्य  रामेश्वर राणा, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रकाश गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निवर्तमान सांसद दीपकबहादुर सिंह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती र श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठसहित २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

यसैगरी, क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एमालेका केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै सो क्षेत्रमा नेपाली कांग्रेसबाट बुद्ध लामा, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबहादुर थोकर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट र श्रम संस्कृति पार्टीबाट युनिश लामासहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । 
    
वाग्मती प्रदेश निर्वाचन कार्यालयका अनुसार  मकवानपुरमा  एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी कूल तीन लाख १५ हजार ३३४ जना मतदाता कायम छन् । 
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : २६ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६