उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म « Khabarhub

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । 

निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले आजै अपराह्‍न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जानकारी दिए ।  

यसैगरी देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष तीन हजार ८८, महिला ३९५ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८५ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ ।

यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो । उजुरीका आधारमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । 

काठमाडौँ जिल्ला क्षेत्र नं १० स्थित निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त सूचनाका आधारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेकी मितेरी पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी पनि खारेज गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताए।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ११ : ५९ बजे

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल