निर्वाचन आचारसंहिता पालना गर्न आह्वान « Khabarhub

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ ।
      
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र्रप्रसाद अर्याल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्तिमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको प्रभावकारी पालना गर्न आह्वान गरिएको हो । 

निर्वाचनमा संलग्न सबै सरोकारवाला, राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा मतदातालाई निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न आह्वान गरिएको हो ।
      
“स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन नै लोकतन्त्र सुदृढीकरणको आधार हो”, विज्ञप्तिमा भनिएको छ, “अभियानले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन निरन्तर निगरानी, सहकार्य र नागरिक सचेतनामा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
      
सुरक्षा निकायलाई निर्वाचन अवधिभर शान्तिसुरक्षा कायम गर्न निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न तथा सञ्चारमाध्यमलाई जिम्मेवार, तथ्यपरक र सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै मतदातालाई पनि कुनै पनि किसिमको प्रलोभन, दबाब वा गलत सूचनाबाट प्रभावित नहुन र आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न अनुरोध दुई संस्थाले गरेको हो । 
      
‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, निर्वाचन प्रक्रियामा हुने हिंसा, डरत्रास, मतदाता प्रलोभन, सरकारी स्रोतसाधनको दुरुपयोग, घृणात्मक अभिव्यक्ति, गलत सूचना तथा सामाजिक सञ्जालको दुरूपयोगले निर्वाचनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिलाई रोक्न निर्वाचन आयोगद्वारा जारी आचारसंहिता सबैका लागि बाध्यकारी हुनुपर्दछ ।’
      
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान राजनीतिक दल र उम्मेदवारलाई शान्तिपूर्ण, मर्यादित र मुद्दा केन्द्रित चुनावी प्रतिस्पर्धा गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई आचारसंहिता कार्यान्वयनमा थप प्रभावकारी भूमिका निर्वाह गर्न तथा उल्लङ्घनका घटनामा निष्पक्ष र कडाइका साथ कारबाही गर्न अनुरोधसमेत गरिएको छ । 
      
‘निर्वाचनका सम्पूर्ण प्रक्रिया हामीले नजिकबाट अवलोकन गरिरहेका छौँ, मनोनयन क्रममा देखिएको उत्साह र जनसहभागिता प्रशसंनीय छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर केही स्थानमा देखिएको तडकभडक र उत्तेजक गतिविधि आचारसंहिताविपरीत देखिएकाले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : २५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६