मन्त्री अधिकारीलाई राजकीय सम्मान पोखरा मै दिइने | Khabarhub Khabarhub

मन्त्री अधिकारीलाई राजकीय सम्मान पोखरा मै दिइने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान पोखरामा दिइने भएको छ ।

बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको छ । टुँडिखेलमै राजकीय सम्मान दिइने बताइएको भएपनि मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा गरिनेभएपछि राजकीय सम्मान पनि पोखरामै दिइने भएको हो ।

राजकीय सम्मानका लागि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल पोखरा जानेछन् ।

टुँडिखेलमा श्रद्धान्जली सकिएसँगै मन्त्री अधिकारीको शव पोखरा लगिनेछ ।

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

पोखरास्थित उनको घर परिवार तथा आफन्तजनमा रुवाबासी चलेको छ । अप्रत्यासित घटना सुनेलगत्तै अधिकारीको पोखरास्थित जन्मस्थल गैरा गाउँ जामुने बोटमा छिमेकीहरु भावविह्वल छन् ।

रवीन्द्र अधिकारीको जन्म २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरी–जामुनाबोटमा भएको थियो । आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाउँकै शान्ति उदय मावि विद्यालयबाट पूरा गरेका थिए ।

अधिकारीको निधनले सारा गाउँ नै शून्यता छाएको जामुनाबोटबासीहरु बताउँछन् । उनीहरु भन्छन् गाउँ नै टुहुरो बनेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १० : ४० बजे

लोकतान्त्रिक-कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने माधव नेपालको चाहना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । आजको बैठकमा मुख्यसचिव

प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस

काठमाडौं- सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव

शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ : मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत