प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत « Khabarhub

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको राजनीतिक निकास र दिगो विकासका लागि नयाँ गणतन्त्र र प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य रहेको बताएका छन् ।

प्रेस जनमत सङ्घले आज यहाँ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा विद्यमान संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको बताए ।

अध्यक्ष डा राउतले सुशासन र समृद्धिको यात्रा पूरा गर्दै देशको विकास र निकासका निम्ति आफ्नो पार्टीले नौलो गणतन्त्रको ‘एजेन्डा’ अगाडि सारेको बताए । उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गर्दा भ्रष्टाचार अन्त्य हुने उल्लेख गरे ।

“देश अहिले सङ्कटमा छ, त्यो सङ्कट पनि बहुआयामिक छ । संविधानमाथि नै धावा बोलिएको छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष राउतको भनाइ थियो ।

उनले प्रदेशको पूर्ण स्वायत्तताका सन्दर्भमा जनमत पार्टीले मधेसलगायत सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेको बताए ।

आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गर्दै सप्तरी क्षेत्र नं २ का उम्मेदवार राउतले रोजगारी सिर्जना, प्रशासनिक सुधार र जनमुखी विकासका कार्यक्रमहरू आफूले अघि बढाइए पनि प्रदेशलाई पूर्ण स्वायत्तता नदिएसम्म समस्या भइरहने धारण राखे ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : १७ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको