फट्याङ्ग्रा मिसाएर पाउरोटी उत्पादन : उपभोक्ताको उच्च माग « Khabarhub

फट्याङ्ग्रा मिसाएर पाउरोटी उत्पादन : उपभोक्ताको उच्च माग


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैजसो मानिस खाजामा पाउरोटी खाने गर्दछन् । पाउरोटीको स्वादले नै कतिपयको मन लोभ्याउने गर्दछ ।

अझ तातोतातो पाउरोटीको सुगन्ध निकै मिठो हुन्छ । पाउरोटीमा मुलतः पिठो नुन, चिनी, बेकिङ पाउडर, वनस्पती तेल र दुध मिसाइन्छ । तर विश्वमा केहि यस्ता उत्पादक पनि छन् जसले पाउरोटीमा फट्यांग्रालाई पिधेर मिसाउछन् ।

सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने उक्त पाउरोटी उत्पादक कम्पनी फिनल्याण्डको हो । जहा“ फट्यांग्रा पिधेर बनाइएको धुलो मिसाई पाउरोटी बनाइन्छ । यसमा अझ रोचक कुरा त के भने यसरी तयार पारीएको पाउरोटी किन्न मानिसहरु तछाडमछाड गर्दछन् ।

नल्याण्डको खाद्य कम्पनी फेजर बेकरीले फट्यांग्रा पिधेर बनाइएको धुला मिसाएको पिठोबाट मानिसले खाने पाउरोटी उत्पादन गर्दछ । हुनत फिनल्याण्डमा खानामा किटपतंगको प्रयोग वा बिक्रिमा प्रतिबन्ध लगाइएको छ । तर फेजर बेकरीले भने उक्त पिठो बाहिरबाट आयात गरी उत्पादन गर्दै आएको छ । फेजरले फट्यांग्रा मिसाएको पिठो नेदरल्याण्डबाट आयात गर्दछ ।

फेजर बेकरीका प्रमुख कार्यकारी अधिकृतका अनुसार फट्यांग्रा मिसाइएको ब्रेड निकै स्वादिष्ट हुनुका साथै पोषिलो समेत हुने गर्दछ । उपभोक्ताले निकै रुचाएको उक्त पाउरोटी खरीद गर्न बेकरीमा दिनहु लाइन लाग्दछ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १२ : २४ बजे

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको

महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

तानसेन– ‘जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर